कृषिका १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १० पुस । किन्दै नकिनेको कृषि सामग्री किसानलाई वितरण गरेको भन्दै जिल्ला कृषि विकास कार्यालय दैलेखका कर्मचारीले रकम लिएको पाइएको छ ।

कृषि सामग्री वितरणमा अनियमितता गरेर भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज १३ जनाविरुद्ध विषेश अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।

अख्तियारले कृषि विकास कार्यालय दैलेखका तत्कालीन कार्यालय प्रमुख नरहरिप्रसाद घिमिरे, बागवानी विकास अधिकृत सूर्यनाथ योगीसहितका १३ जनाविरुद्ध आज मुद्दा दायर गरेको हो । उनीहरूसँग २२ हजारदेखि साढे १८ लाख रुपैयाँसम्म विगो दाबी गरिएको छ ।

shares