Breaking News

के तपाईलाई थाहा छ मकैका यी गुणहरु ?

काठमाण्डौ, १९ जेठ । मकै हाम्रो शरीरको पोषणका लागि निकै जरुरी र महत्वपूर्ण मानिन्छ । मकै पौष्टिक आहार पनि हो जसलै तपाईलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

१. कोलेस्ट्रोल कम गर्छ
मकैमा हुने भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरको भरपूर मात्राले कोलेस्ट्रोल कम गर्न मद्दत गर्दछ ।

२. क्यान्सरबाट बचाउँछ
मकैमा हुने एन्टी–एक्सीडेन्ट र फ्लेवेनाइड तत्वको कारणले क्यान्सरको खतरा कम गर्न मद्दत गर्दछ । यसको अलावा मकैमा हुने तत्वले ट्युमरको मात्रालाई पनि कम गर्न सहयोग गर्दछ ।

३. हड्डी मजबुत हुन्छ
हामी प्रायगरी हड्डीलाई बलियो बनाइराख्न दूध अथावा भिटामिन डी को सेवन गर्ने गर्दछौं । तर तपाईलाई थाहा छ मकैमा हुने जिंक, फस्फोरस, म्याग्नेसियम र आइरनको मात्राले पनि हड्डी मजबुत बनाइराख्न महत्वपूर्ण भूमिका निभाउने गर्दछ ।

यसका साथै छालामा सुन्दरता कायम राख्न, आँखालाई स्वस्थ राख्न, शरीरमा ऊर्जाको लागि तथा गर्भवती महिलालाई पनि अति नै उपयुक्त मानिन्छ ।

shares