नेपाली सुगम संगीतका चर्चित गायक राज सिग्देलको “अमृत” सार्वजनिक (भिडियो)

काठमाडौं, १० पुस । नेपाली सुगम संगीतका चर्चित गायक एवम् गजलकार राज सिग्देलको नयाँ गीत ”अमृत” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हरि बस्ताकोटीको शब्द र हरि लम्सालको संगीत रहेको ”अमृत”को म्युजिक भिडियोमा राज आफैंले अभिनय गरेका छन् भने उनलाई अभिनयमा अन्जु चौलागाईंले साथ दिएकी छिन् ।

भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, विकास दाहालको सम्पादन र लोमस पौडेलको सहनिर्देशन रहेको छ । युवराज वाइबाको निर्देशन रहेको भिडियोमा मायामा धोका भएपछिको अवस्थालाई देखाउन खोजिएको छ  ।

करिब ३५० भन्दा बढी गीत तथा गजलमा आवाज दिइसकेका नेपालकै चर्चित गजलकार सिग्देलको करिब १०० भन्दा बढी गीत गजलको भिडियोसमेत निर्माण भइसकेको छ ।

करिब ५ वर्ष अघिको अत्याधिक हिट गजल “ऊ हारेर गई वा जितेर गई” पछि उनका ‘च्वास्स बिझ्ने तिम्रो माया मार्दिम मार्दिम लाग्छ’ लगायत दर्जनौ| हिट गजलहर” सर्वाधिक हिट छन् ।

भिडियो हेर्नुहोस्-

shares