Breaking News

सुर्खेतको रानीघाटलाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकास गरिने

काठमाण्डौ, १९ जेठ । सुर्खेतको रानीघाटलाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकास गर्न आयोजित पितृमोक्ष वैदिक धार्मिक अनुष्ठानमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ ।

विभिन्न दुर्घटनामा परेर मृत्यु भएकाहरुको आत्माको शान्तिको कामना गर्न अनुष्ठान आयोजना गरिएको हो । व्यवस्थित घाट र क्रियापुत्री भवन निमार्णका लागि धार्मिक अनुष्ठानले सहयोग पुर्‍याउने आयोजकको विश्वास छ । अनुष्ठानमा विद्वान् तथा विदुषीद्वारा प्रवचन भइरहेको छ ।

उक्त अनुष्ठान जेठ २२ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक हस्तराज भारतीले जानकारी दिए ।

shares