पुनर्निर्माण प्राधिकरण स्थापनाको तीन वर्ष पूरा, पुनर्निर्माणको काम भने सुस्त

काठमाडौं, १० पुस । भूकम्पपछिको पुननिर्माणका लागि गठित पुनर्निर्माण प्राधिकरण स्थापना भएको तीन वर्ष पूरा भएको छ ।

पुनर्निर्माण प्राधिकरण गठन भएको तेस्रो वर्ष पूरा भइसक्दा पनि नीजि आवास पुननिर्माण सन्तोषजनक हुन सकेको छैन । अझै पनि भूकम्प ६ लाख बढी पीडितहरू टहरामै बस्न बाध्य छन् । केही जिल्लामा भने पुननिर्माणले गति लिएको छ ।

पुननिर्माण प्राधिकरणका अनुसार ३ लाख ३९ हजार ३४७ नीजि आवास पुननिर्माण भइसकेको छ । यस्तै ५ लाख ७३ हजार ५१२ घर पुननिर्माण भइरहेका छन् । भूकम्प प्रभावित १४ जिल्लाबाट आएका गुनासो सम्बोधनको काम पनि भइरहेको प्राधिकरणले जनाएको छ ।

नीजि आवास पुननिर्माणले केही गति लिए पनि सम्पदा पुननिर्माण भने सुस्त छ । सामुदायिक भवन, विद्यालय र स्वास्थ्य चौधी पुननिर्माण पनि सन्तोषजनक रूपमा हुन सकेको छैन । सम्पदा पुननिर्माणले गति लिन नसक्दा नेपालको मौलीक संस्कृति धरोहरहरू जरजर अवस्थामा छन् ।

shares