काबुलमा भएको आत्मघाती आक्रमणमा २८ जनाको मृत्यु

काबुल, १० पुस । अफगानिस्तानको राजधानी काबुलस्थित एक सरकारी परिसरमा भएको आत्मघाती आक्रमणमा २८ जनाको मृत्यु भएको छ ।

निर्माण मन्त्रालयमा आक्रमण हुँदा मृत्यु हुने प्रहरीसमेत रहेको बताइएको छ भने बीस जना घाइते भएका छन् । सुरक्षाकर्मीको जवाफी आक्रमणमा तीन जना आक्रमणकारी मारिएका छन् ।

आक्रमणकारीले मन्त्रालयको प्रवेशद्वारमा कारबम विष्फोट गराएपछि भित्र प्रवेश गरेका थिए ।

shares