भारतका पूर्वकप्तान धोनी अष्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध खेल्ने

काठमाडौं, १० पुस । भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी अष्ट्रेलियाविरुद्धको एक दिवसीय सिरिज तथा न्युजिल्यान्डविरुद्धको एक दिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिममा परेका छन् ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले सार्वजनिक गरेको १६ सदस्यीय टोलीमा धोनी पनि समावेश छन् । यसअघि भारतले वेष्टइण्डिज र अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज खेल्दा धोनी टिममा परेका थिएनन् ।

अष्ट्रेलियाविरुद्ध १२ जनवरीदेखि एक दिवसीय श्रृखंला सुरु हुनेछ ।

shares