Breaking News

आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा अनियमितता गरेको आरोपमा पक्राउ

काठमाण्डौ, १९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई पक्राउ गरेको छ ।

कर फर्छ्योटसम्बन्धी विषयमा आयोगमा बयान दिन गएका शर्मालाई त्यहीँबाट पक्राउ गरिएको हो । अर्बौंको अनियमितताको आशंकामा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ । २०७१ सालमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले गठन गरेको कर फर्छ्योट आयोगमा शर्मा सदस्य सचिव थिए ।

आर्थिक वर्ष २०६९/७० सम्मको कर बक्यौता फर्छ्योट गर्न चार्टर्ड एकाउन्टेन लुम्बध्वज महतको संयोजकत्वमा आयोग गठन गरिएको थियो । आयोगले कर फर्छ्योटको नाममा २१ अर्ब रुपैयाँ अनियमितता भएको सार्वजनिक गरेको थियो । अर्काे अचम्मको कुरा त के छ भने उनले किताब बेचेरै कराेडाैं रुपैयाँ प्राप्त भएको बताएका छन् ।

shares