फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र

फिदिम, ९ पुस । पाँचथरमा पुस २१ गतेदेखि सुरु हुने फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र भएको छ ।

ए डिभिजन क्लव र प्रदेश १ का गरी दश टिम सहभागी रहने गरी फिदिम स्पोर्टिङ क्वल र पाँचथर फुटबल संघले प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

प्रतियोगिता फिदिम माविको खेल मैदानमा हुनेछ । उपाधि जित्ने टिमले चार लाख रुपैयाँ नगद र ट्रफी पाउने छ । सर्वोकृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।

shares