विग ब्यास लिगको दोस्रो खेलमा पनि सन्दीप छाए, ४ ‌ओभरमा लिए ३ विकेट

काठमाडौं, ९ पुस । अस्ट्रेलियाको विग ब्यास लिगमा सानदार डेब्यू गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने दोस्राे खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

आज होबार्ट हुरिकेन्सविरुद्ध चार ओभर बलिङ गरेका लामिछानेले २४ रन खर्चिएर तीन विकेट लिएका हुन् । मेलबर्न स्टार्सका लागि पावर प्ले पछिको पहिलो ओभरको तेस्रो बलमा लामिछाने विकेट लिन सफल भए । सन्दिपले सातौं ओभरमा ५ रन खर्चिएर १ विकेट लिए ।

आफ्नो दोस्रो ओभरमा सन्दीपले एक चौकासहित ७ रन खर्चिए । आफ्नो व्यक्तिगत तेस्रो ओभरमा लामिछानेले १४औं ओभरको दोस्रो बलमा होबार्ट हुरिकेन्सका कप्तान म्याथ्यु वेडको विकेट लिए । ५३ रन बनाएर खेलिरहेका म्याथुलाई उनले क्याच आउट गराए ।

लामिछानेले यो ओभरमा एक छक्कासहित ८ रन खर्चिए । तर उनकाे टिम भने पराजित भयाे ।

shares