सभापतिहरूको माग सम्बोधनको सन्दर्भमा देउवाले दिए यस्तो आश्वासन

काठमाडौं, ९ पुस । कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा जिल्ला सभापतिले राखेका माग संवोधन गर्न आफू तयार रहेको बताएका छन् ।

महासमिति बैठकमा भाग लिन आएका जिल्ला सभापतिलाई आज बिहान आफ्नै निवासमा चियापान आयोजना गरी सभापति देउवाले अब बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापतिहरूको माग सम्बोधनको निर्णय लिने आश्वासन दिएका हुन् ।

सभापति देउवाबाहेक बरिष्ठ नेता रामचन्द्र पौडेलले समेत जिल्ला सभापतिहरूको सुझावलाई राखेर विधान गर्ने आश्वासन दिएका छन् ।

महासमिति बैठकमा कांग्रेसका जिल्ला सभापतिले पार्टीको क्षेत्रदेखि केन्द्रीय तहसम्म आउन बुथ इकाईबाट निर्वाचित हुँदै आउनु पर्ने र समावेशी कोटाबाट प्रतिनिधित्व गर्नेलाई एक पटकभन्दा बढी एउटै पदमा प्रतिष्पर्धा र अवसर दिन नहुने माग राखेका थिए ।

यसअघि गत असारमा जिल्ला सभापतिको भेलाले जिल्ला कार्य समितिलाई मातहतको स्थानीय तहका उम्मेद्वारको छनोटको अधिकार दिन माग गरेको थियो ।

shares