सन्दिपको टिम मेलबर्न स्टार्सद्वारा होबार्ट हरिकेन्सलाई १ सय ५६ रनको चुनौती पेश

काठमाडौं, ९ पुस । सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग ब्यास लिगको आफ्नो दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई १ सय ५६ रनको चुनौती पेश गरेको छ ।

होबार्टस्थित बेलिराइभ ओभलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मेलबर्नले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १ सय ५५ रन बनायो । मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ४७ र निक लार्किनले ४५ रन बनाए ।

पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दिप आजको खेलमा प्लेइङ इलावेनमा परेका छन् । लिगको पहिलो खेलमा सिड्नी थन्डर्सविरुद्ध सन्दिपले व्यक्तिगत पहिलो ओभरमै महत्वपूर्ण २ विकेट लिएका थिए । तर वर्षाले प्रभावित खेलमा उनको टोली मेलबर्न डिएल मेथडका आधारमा १५ रनले पराजित भएको थियो ।

shares