सिरियाबाट सेना फिर्ता गर्ने विषयमा ट्रम्प र एर्डोगानबीच छलफल

काठमाडौं, ९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा टर्कीका राष्ट्रपति रेसेप तैयब एर्डोगानसँग छलफल गरेको जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत् सिरियामा इस्लामिक स्टेट अफ इराक र द लेभान्ट आईएसआईविरुद्धको युद्धमा अमेरिकासँग सहकार्य गरिरहेको सिरियाका राष्ट्रपतिसँग अमेरिकी सेनाको फिर्तिलाई संयोजनपूर्ण ढंगबाट अघि बढाउने विषयमा टेलिफोन वार्ता भएको जानकारी दिएका हुन् ।

टर्कीका राष्ट्रपति एर्डोगानले पनि ट्वीटमार्फत ट्रम्पसँग सिरियाको विकासका साथै अमेरिका टर्कीबीचको ब्यापारसम्बन्ध लगायत विभिन्न मुद्दाहरूमा उपलब्धीमुलक वार्ता भएको बताएका छन् ।

सिरियाबाट अमेरिकी सेना फर्काउने ट्रम्पको आदेशप्रति विमति जनाउँदै अमेरिकी रक्षामन्त्री र आईएसआईविरुद्धको लडाइँका लागि अमेरिकी विशेष दूतले राजीनामा दिइसकेका छन् ।

shares