एभर्टनमाथि टोटनह्यामको ६–२ गोलको फराकिलो जित

काठमाडौं, ९ पुस । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनमाथि ६–२ गोलको फराकिलो हासिल गरेकाे छ ।

जितसंगै टोटनह्यामले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंगकाे अंक दूरी २ अंकमा झारेको छ । टोटनह्यामको ४२ अंक छ । म्यान्चेष्टर सिटीको ४४ अंक छ । लिभरपुल ४८ अंक सहित शीर्ष स्थानमा छ ।

टोटनह्यामको जितमा सन ह्युङ मिन र ह्यारी केनले दुई दुई तथा क्रिस्टियन इरिक्सन र डेली अलीले एक एक गाेल गरे । एभर्टनका लागि थियो वालकोट र सिगर्डसनले गोल गरे ।

टोटनह्याम चेल्सी र आर्सनल भन्दा पाँच अंकले पछाडि छ । टोटनह्यामकाे फराकिलो जित निकाल्दै शीर्ष स्थानको लिभरपुल र दोस्रो स्थानको सिटीमाथि दबाब बढाएको छ ।

shares