आईएसविरुद्धको लडाइँमा सक्रिय अमेरिकी विशेष दूत म्याकगर्कले दिए राजीनामा

काठमाडौं, ८ पुस । सिरियाबाट अमेरिकी सैन्य फौज फर्काउने ट्रम्पको निर्णयपश्चात् आईएसविरुद्धको लडाइँमा संलग्न एक उच्च अमेरिकी अधिकारीले राजीनामा दिएका छन् ।

अाईएसविरुद्धको विश्वव्यापी गठबन्धनका लागि अमेरिकी विशेष दूत ब्रेट म्याकगर्कले पदबाट राजीनामा दिएका हुन् । सिरियामा आईएसविरुद्ध अमेरिकी लडाइँ  जारी राख्नुपर्ने बताउँदै आएका म्याकगर्कले अाफ्नो कार्यकाल अागामी फेब्रुअरीमा सकिने भएपनि सो अगावै राजीनामा दिएका हुन् ।

म्याकगर्कको राजीनामाको सन्दर्भमा ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले उक्त घटनाले खासै महत्व नराख्ने प्रतिक्रिया दिएका छन् ।

यसअघि ट्रम्प प्रशासनभित्र असन्तुष्ट भएर अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अकस्मात् राजीनामा दिएका थिए ।

shares