सुनामीका कारण इन्डोनेसियामा ज्यान गुमाउनेको संख्या २ सय २२ पुग्यो

काठमाडौं, ८ पुस । इन्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा शनिबार आएको सुनामीमा परी मृत्यु हुनेको संख्या २ सय २२ पुगेको छ । सुनामीमा परी कम्तिमा ८ सय ८४ जना घाइते भएका छन् ।

इन्डोनेसियाली आपत् व्यवस्थापन एजेन्सीले सुनामीका कारण अझै केही मानिस हराइरहेको र सयौं घरमा क्षति पुगेको जनाएको छ । पानीको बहाव शहरभित्र पसेपछि भागाभाग गर्ने क्रममा कैयन् मानिस हराइरहेका कारण मृतक स‌ंख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

इन्डोनेसियाको भूगर्भसम्बन्धी निकायले २ मिनेट १२ सेकेन्डसम्म ज्वालामुखी विस्फोट भएको जनाएको छ । विष्फोटपछि खरानीयुक्त धुवाँको मुस्लो पहाडको ४ सय मिटर माथिसम्म पुगेको थियो ।

आपतकालीन सेवा प्रदायक अधिकारीहरूले क्राकाटोआ ज्वालामुखीका कारण सुनामी आएको हो होइन भनेर अनुसन्धान भइरहेको जनाएका छन् ।

गत सेप्टेम्बरमा इण्डोनियाको मध्य टापु सुलावेसीमा गएको भूकम्पपछिकाे सुनामीमा परी २ हजार जनाको मृत्यु भएकाे थियाे ।

सम्बन्धित समाचार-

ईन्डोनेसिया सुनामी अपडेट: कम्तिमा १६८ जनाको मृत्यु, ७४५ घाइते

इण्डोनेसियामा सुनामीका कारण ६२ जनाको मृत्यु

shares