‘खोजेको पार्टी र भोगेको पार्टी उस्तै हुँदैन’ : महासचिव पाैडेल

काठमाडाैं । सत्तारुढ नेकपाकाे स्थायी समिति बैठकमा भएका छलफल र निर्णयहरु तोडमरोड गरेर सार्वजनिक गरिएकाे भन्दै महासचिव विष्णु पाैडेलले आक्राेस व्यक्त गर्नुभएकाे छ । उहाँले बैठमका निर्णयहरु ताेडमराेड गरेर मिडियालाई दिएर केही नेताहरुले गैरजिम्मेवार काम गएकाे बताउनु भयाे ।

केहि नेताहरुकाे यस्ताे कार्यका कारण बैठकमा भएको छलफल र निर्णयहरुको सम्बन्धमा पार्टीको औपचारिक र आधिकारिक सूचनालाई मिडियाले विश्वास नगर्ने अवस्था सृजना भएकाे नेता पाैडेलकाे भनाई थियाे । यसले गर्दा कार्यकर्ता रजनतामा समेत सही सूचना नजाने र भ्रम सिर्जना हुने उहाँले बताउनुभयाे ।

“खोजेको समाज र भोगेको समाज, त्यसै गरी खोजेको सरकार र भोगेको सरकार, खोजेको पार्टी र भोगेको पार्टी पनि उस्तै हुँदैन । धेरै राम्रोको खोजी हुन्छ । तर, राम्रोमा चित्त बुझाउनुपर्छ । धेरै राम्रोका लागि प्रयास गर्दा राम्रो प्राप्त हुन्छ ।” महासचिव पाैडेले भने, “मेरो बुझाइमा हामीले निर्माण गरेको व्यवस्था, सरकार र पार्टी तुलनात्ममक रुपमा राम्रो छ । अझै राम्रो बनाउने लाने जिम्मेवारी हाम्रै काँधमा छ । यति ठूला अजंगका उपलब्धि प्राप्त गर्न सक्ने हामीले आउने दिमा थप सफलता प्राप्त गर्दै जाने पनि निश्चित छ ।”

नेता पाैडेलले आफुहरुले पार्टी एकता गरेर दुई तिहाईको सरकार बनाएकाे र देश-दुनियाँका प्रतिक्रियावादीहरुलाई चुनौति दिएकाे दाविसमेत गर्नुभयाे ।

shares