ईन्डोनेसिया सुनामी अपडेट: कम्तिमा १६८ जनाको मृत्यु, ७४५ घाइते

काठमाडौं, ८ पुस । ईन्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा शनिबार आएको सुनामीका कारण कम्तिमा १६८ जनाको मृत्यु भएको छ भने ७ सय ४५ जना घाईते भएका छन् ।

क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्रमुनि पहिरो निम्त्याएको कारण आएको हुनसक्ने अनुमान गरिएको सुनामीले सयौं घरहरू भत्काएका छन् । पानीको तेज बहाब शहरभित्र छिरेपछि स्थानीयबासीहरु भागाभाग गर्ने क्रममा दर्जनौं मानिसहरू हराइरहेका बताइएको छ ।

यसअघि गत सेप्टेम्बरमा पनि ईन्डोनेसियाको सुलेवेसी प्रान्तमा भूकम्प र त्यसपछि आएको सुनामीका कारण २ हजार ५ सय मानिसको ज्यान गएको थियो ।

shares