पूर्व प्रधानमन्त्री भट्टराईको ९५ औं जन्मजयन्ती मनाइँदै

काठमाडाैं । काठमानेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्ती आज मनाइँदै छ । इमान र नैतिक राजनेताका रुपमा परिचित भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

सम्पत्तिको होडमा रहेको अहिलेको दुनियाँमा भट्टराई प्रधानमन्त्री भएका बेला बालुवाटारबाट फर्किने बेलामा छाता, माटाको सुराही र टिनको एउटा बाकस लिएरमात्र बाहिरिनु भएकाे थियाे । सन् १९२४ मा भारतको बनारसमा जन्मिएका भट्टराई उनले २००७ सालको राणा विरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलनलगायत मुलुकको महत्वपूर्ण परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

२०४७ साल वैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि गरी उनी दुई पटक मुलुकको प्रधानमन्त्री बनेका थिए । २०४७ सालको संविधान निर्माण र छोटो संक्रमणकाबीचमा तत्कालीन शक्तिहरुबीच समन्वय कायम गरी मुलुकलाई अस्थिरताबाट विकासको बाटोमा लैजान उनी सफल भएका थिए । उनको निधन २०६७ साल फागुन २० गते भएको थियो ।

shares