वित्तिय संस्थाहरुलाई प्रविधियुक्त बनाउनुपर्ने गभर्नर नेपालकाे धारणा

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । काठमाडौंमा आज अन्तराष्ट्रिय स्तरको बैंक तथा वित्तिय संस्थाहरुको कार्यशाला गोष्ठीमा उहाँले बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधियुक्त बनाउन मानव संशाधनको विकासमा जोड दिइएको जानकारी दिनुभयो ।

गभर्नर नेपालले विश्वमा प्रयोगमा आएका नयाँ–नयाँ प्रविधिहरुको प्रयोग गर्न सक्ने जनशक्ति व्यवस्था गरेर अघि बढ्न बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउनुभयो । गभर्नर नेपालले प्रविधिको प्रयोगमा जोड नदिने बैंक तथा वित्तिय संस्थाहरु आधुनिक बजारमा टिक्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई प्रविधिले युक्त बनाउन आवश्यक नीतिगत व्यवस्थाकाे पनि तय गर्दैछ ।

shares