प्यासिफिक समीटकाे सहभागिता निरन्तराता भएकाे नेपालकाे दावि

काठमाडाैं । नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयकाे राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताबमा नेता माधबकुमार नेपाल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले धारणा राख्नु भयाे ।

नेता नेपालले काठमाडौंमा भएकाे एसिया प्यासिफिक समीटकाे बारेमा नेताहरुले उठाएकाे प्रश्नहरुकाे जवाफ दिनुभयाे । उहाँले पहिलेदेखि हुँदै आएकाे समीटकाे निरन्तरताकाे रुपमा आफू सहभागी भएकाे दाबी गर्नुभयो । उहाँले समीटका बिषयमा आगामी दिनमा सोचबिचार गरेर अघि बढ्ने र कमिकमजाेरी सच्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।

बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले गरेका राम्रा कामकाे प्रचार नभएकाे र नकारात्मक कुराहरुमात्रै बाहिर आउँदा समस्या भएकाे बताउनुभयाे । उहाँले सरकारकाे आलाेचना गर्दा आफै‌ं खुइलिने स्थिति नल्याउन नेताहरुलाई सचेत गराउनुभयाे ।

छलफलमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ आजै दिउँसो ४ बजे बस्ने बैठकमा अध्यक्षद्वय ओली र दाहालले दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ४५ सदस्यीय स्थायी कमिटी बैठकमा बोल्ने धेरैजसो नेताहरुले पार्टी एकीकरणको कामलाई अझै पूर्णता दिन नसकेको भन्दै पार्टी नेतृत्वको र जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

केही नेताहरुले विवादास्पद ‘एशीया प्यासिफिक समीट’मा भाग लिएको भन्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्माआलोचना गर्नुपर्ने माग समेत गरेका थिए ।

shares