खोटाङमा गएराति ट्याक्टर दुर्घटना, तीनको मृत्यु

काठमाडाैं । खोटाङमा गएराति ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा निर्मलीडाँडाका ट्याक्टर चालक ३५ वर्षीय मिनप्रसाद लुईटेल, २१ वर्षीय माईकल राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका १८ वर्षीय खेमराज भुजेलको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

दिक्तेलबजारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका लागि छुटेको को २ त ५६६० नम्बरको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको कालीखोलामा दुर्घटना हुँदा निर्मलीडाँडाका २१ वर्षीय दुर्गाबहादुर लुईटेल गम्भीर घाइते हुनुभएको छ ।

लुइटेललाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ । ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

shares