इण्डोनेसियामा सुनामीका कारण ६२ जनाको मृत्यु

काठमाडौं, ८ पुस । ईन्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा शनिबार आएको सुनामीका कारण कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने ५ सय ८४ जना घाईते भएका छन् ।

क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्रमुनि पहिरो निम्त्याएको कारण आएको हुनसक्ने अनुमान गरिएको सुनामीले थुप्रै घरहरू भत्काएका छन् । पानीको तेज बहाब शहरभित्र छिरेपछी स्थानीयबासीहरू भागाभाग गर्ने क्रममा कम्तिमा २० जना हराइरहेका बताइएको छ ।

यसअघि गत सेप्टेम्बरमा पनि ईन्डोनेसियाको सुलेवेसी प्रान्तमा भूकम्प र त्यसपछि आएको सुनामीका कारण २ हजार ५ सय मानिसको ज्यान गएको थियो ।

shares