शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, ८ पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटाेमा बिहान ११ बजे हुने पहिलाे खेलमा दुई विभागीय क्लब त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल एपीएफबीच खेल हुनेछ ।

यसअघिका ९ मध्ये ५ जित ३ बराबरी र एकमा हार बेहाेरेकाे आर्मी १८ अंकसहित लिगको चौथो स्थानमा छ । समान खेल खेलेकाे एपीएफ चार जित, चार हार र एक बराबरीसहित लिगकाे आठौं स्थानमा छ ।

सातदाेबाटोमै दिउँसाे साढे दुई बजे हुने अर्काे खेलमा लिग लिडर मनाङ मर्स्याङ्दी क्लब र विभागीय क्लब नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा शतप्रतिशत नतिजा निकालेर २७ अंकसहित शीर्ष स्थानमा रहेकाे मनाङ पुलिसलाई पराजित गरी उपाधि यात्रा बलियाे बनाउने योजनामा छ । ९ मध्ये ४ जित ३ बराबरी र २ मा हार बेहाेरेकाे आर्मी १५ अंकसहित लिगको पाँचौं स्थानमा छ ।

shares