छाउपडीविरुद्धको एकदिने कार्यशाला सम्पन्न

काठमाडौं, २५ मंसिर । महिनावारी हुँदा शरीरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एकदिने कार्यशाला भएको छ । महिनावारी हुँदा हुने छुवाछुतको विरुद्ध एक्सनको रूपमा अगाडि बढाउने उद्देश्यका साथ ‘मिन्स्ट्रक्सन ओर्कशप’ सुरू भएको हो ।

सम्मेलन नेपाल सरकार र महिनावारी स्वास्थ्य र सरसफाइ व्यवस्थापनका क्षेत्रमा काम गर्ने संस्थाहरूको सञ्जाल (एमएचएम अलाइन्स) को आयोजनामा भएको हो । सम्मेलनमा महिनावारीका बेला अपनाउनु पर्ने सरसफाई, त्यससम्बन्धी राष्ट्रिय नीति र अन्तर्रा्ष्ट्रिय अभ्यासका बारेमा छलफल भएको सञ्जालका संयोजक गुणराज श्रेष्ठले जानकारी दिए ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत महिनावारी प्रथाविरुद्ध कार्यरत संघ संस्थाका प्रतिनिधि, अभियन्ता, किशोर किशोरीहरूको उपस्थिति रहेको थियो । माल्भिका सुब्बा, निकिता चन्दक, बन्दना राणा, लगायतले आफ्नो महिनावारीको पिरियडको संस्मरण सुनाएका थिए ।

छाउ हुँदा शरीरलाई व्यवस्थापन कसरी गर्ने र दूरदराजसम्मका महिला दिदी बहिनीहरूलाई सचेतना जगाउने उद्देश्य कार्यशालाको रहेको मेरी स्टोप अन्तर्राष्ट्रियसँग आवद्ध सन्तोष शर्माले बताए ।

कार्यक्रममा मध्य र सुदूरपश्चिममा बन्ने छाउगोठ पनि राखिएको थियो ।

shares