तीन जना लागू औषध काराेबारी पक्राउ

काठमाडौं, २५ मंसिर । लागू औषध नियन्त्रण ब्यूराेले तीन जना लागू औषध काराेबारीलाई आज सार्वजनिक गरेकाे छ ।

पर्सा र बाराबाट लागू औषध काठमाडाै‌ सप्लाई गर्ने पर्सा पकाहाँ मैनपुरका नरेश सहनी, पर्साकै सुबास सहनी र बाराकाे सिम्राैनगढकी पुनम कुमारी सहनीलाई सार्वजनिक गरेकाे हाे । गत आइतबार बल्खुबाट डाइजेल्याब, एम्पुल र फेनारगन गरी ६ सय पीस विभिन्‍न खाले ट्याबलेटसहित पक्राउ परेका सहनीकाे बयानका अाधार अरु दुइजनालाइ पक्राउ गरिएकाे लागू औषध नियन्त्रण ब्यूराे प्रमुख दिनेश अमात्यले जानकारी दिए ।

पछिल्लाे दुई दिनमा लागू औषध नियन्त्रण ब्यूराेले विभिन्न‍ ठाउँबाट ६ जनालाई ४ लाख मूल्य बराबरकाे लागू औषधसहित उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । हिजै ललितपुरबाट तीन हजार पिस नाइट्राेजेपाम ट्याबलेटसहित भारतका माेहम्मद तुफान र नेपालगंजबाट १२ ग्राम खैराे हेराेइनसिहत २ जनालाई पक्राउ गरिएकाे छ । आजै अदालतमा म्याद थप गरी उनीहरूका बारेमा अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ ।

shares