जनजातिका सांस्कृतिक चाडपर्वको बिदा कटौती गर्ने निर्णय खारेज गर्न माग गर्दै आन्दोलन घोषणा

काठमाडौं, २५ मंसिर । नेपाल आदिवासी जनजाति महासंघले जनजातिका सांस्कृतिक चाडपर्वको बिदा कटौती गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महासंघले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने देखि धर्ना दिने कार्यक्रम घोषणा गरेको छ ।

महासंघले पुस ४ गते सबै जिल्ला प्रशासन कार्यालय, सबै प्रदेशको मुख्यमन्त्रीको कार्यालय र काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिनेछ ।

shares