सरकार संघीयताप्रति उदासीन भएको कांग्रेसको आरोप

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसले सरकार संघीयताप्रति उदासीन भएको आरोप लगाएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिमा पेश गरिएको राजनीतिक प्रस्तावमा कांग्रेसले ओली सरकार संघीयताप्रति उदासीन भएको आरोप लगाएको हो । त्यस्तै सरकारले संविधानप्रति अपनत्व विस्तारमा अवरोध गरेको, प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रीकरण गरेको, विरोधी स्वर नियन्त्रण र संचार माध्यम र अभिव्यक्ति स्वतन्त्रतामा माथि हस्तक्षेप गरेको कांग्रेसको निष्कर्ष छ ।

लोकतान्त्रिक प्रतिष्पर्धाबाट सत्ता र राज्यमा कम्युनिष्टहरूको एकतर्फी एकदलीय वर्चश्व स्थापित गर्ने उद्देश्यले एमाले र माओवादी केन्द्रबीच एकता भएको कांग्रेसको दाबी छ । नेपालका सबै कम्यूनिष्ट लोकतान्त्रिक वातावरण र लोकतान्त्रिक शक्तिविरुद्ध गोलबद्ध हुँदै गएको कांग्रेसको आरोप छ ।

shares