च्याम्पियन्स लिगमा आज बार्सिलाेना र टाेटनह्याम तथा इटालियन क्लब इन्टरमिलान र पीएसभी खेल्दै

काठमाडौं, २५ मंसिर । युराेपेली च्याम्पियन्स लिगमा आज बार्सिलाेना र टाेटनह्याम तथा इटालियन क्लब इन्टरमिलान र पीएसभी खेल्दैछन् ।

इंग्लिस क्लब टोटनह्याम बार्सिलोनाको मैदानमा खेल्दैछ । समूह बीबाट बार्सिलोना नकआउट चरणमा पुगिसकेको छ । तर टोटनह्यामको संघर्ष भने जारी छ । खेलको पाँच खेलमा उसले दुई जित, दुई हार र एक बराबरीको नतिजा निकालेको छ ।

यस्तै नतिजा इटालियन क्लब इन्टर मिलानको पनि छ । यी दुईमध्ये एक टोली नकआउट चरणमा पुग्नेछ । आफ्नै मैदानमा मिलानले अन्तिम खेलमा सहज प्रतिद्वन्द्वीका रुपमा डच क्लब पीएसभीसँग खेल्नेछ ।

समूह सीमा सबै टिमले पाँच–पाँच खेल खेल्दा नकआउट चरणमा पुग्न टिमको टुंगो लाग्न सकेको छैन । इटालियन क्लब नेपोली नौ अंक सहित शीर्ष स्थानमा छ । नेपोली आज लिभरपुलको मैदान एन्फिल्डमा खेल्दैछ । नकआउट चरणमा पुग्नका लागि लिभरपुललाई जित अनिवार्य छ भने नेपोलीलाई बराबरी पर्याप्त हुनेछ ।

यसै समूहमा फ्रेन्च क्लब पीएसजी बेल्जियमको रेड स्टार बेल्ग्रेडसँग खेल्नेछ । पीएसजीलाई पनि जित आवश्यक हुनेछ । तर नेपोलीले लिभरपुललाई हराएमा हारले पनि पीएसजी नकआउट चरणमा पुग्नेछ ।

shares