ब्रेक्जिट सम्झौता स्वीकार गर्ने वा नगर्ने विषयमा बेलायतको संसदमा आज मतदान हुँदै

काठमाडौं, २५ मंसिर । युरोपेली युनियनबाट बाहिरिने सम्बन्धी ब्रेक्जिट सम्झौता स्वीकार गर्ने वा अस्वीकार गर्ने विषयमा बेलायतको संसदमा आज मतदान हुँदैछ ।

प्रधानमन्त्री टेरिजा मे ले ब्रेक्जिट सम्झौताको पक्षमा मत जाहेर गर्न संसद्हरूसँग आग्रह गरेकी छिन् । प्रधानमन्त्री मे ले ईयू बाहिर रहँदा नै ब्रिटेनको भविष्य राम्रो हुने दाबी समेत गर्दै आएकी छिन् ।

बेलायती संसदमा ईयूबाट बाहिरिने ब्रेक्जिटसम्बन्धी बहस पाँच दिनसम्म लगातार चलेको थियो । आजको मतदानमा संसदले प्रधानमन्त्री मे को प्रस्ताव स्वीकार गरे आगामी मार्चमा बेलायतले औपचारिक रूपमा ईयू छाड्ने छ । सन् २०१९ को मार्च २९ मा बेलायत औपचारिक रुपमा ईयूबाट बाहिरिँदैछ ।

नोभेम्बरको अन्त्यमा २० महिना लामो छलफलपछि २७ ईयू देशका नेताहरूको बैठकले सम्झौता अनुमोदन गरेका थिए ।

shares