शेयर बजार परिसूचक नेप्सेमा आज सामान्य वृद्धि

काठमाडौं, २३ मंसिर । शेयर बजार परिसूचक नेप्से आज पनि सामान्य बढेको छ ।

गत बिहीबार ३ अंकले बढेको नेप्से आज भने ७ दशमलव ६० अंकले बढेर ११ सय २८ को विन्दु नाघेको छ । घटेको बजारमा शेयर उठाउनेहरू बढेपछि नेप्से पनि सामान्य रूपमा उकालो लागेको हो ।

नेप्से बढे पनि गत बिहीबारको तुलनामा आज कारोबार रकम भने १५ करोडले घटेको छ । आज साढे २२ करोड रुपैयाँ बराबरका ७ लाख १४ हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज नेप्सले जनाएको छ ।

shares