ईपीएल टि-ट्वेन्टी क्रिकेट: ललितपुर प्याट्रियट्द्वारा चितवन टाइगर्स ११ रनले पराजित

काठमाडौं, २३ मंसिर । एभरेस्ट प्रिमियर लीग (ईपीएल) टि-ट्वेन्टी क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रियट्ले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा ललितपुरले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवन २० ओभरमा ८ गुमाउँदै १ सय ३२ रनमा समेटियो । खराब सुरुवात गरेको चितवनका ओपनरद्वय दिलीप नाथ र पाउल स्टलिङ १-१ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ४१ र कप्तान पृथु बास्कोटाले २६ रन बनाए ।

बलिङमा ललितपुरका सन्दीप लामिछानले ३ र सनी पटेलले २ विकेट लिए । त्यस्तै गौरव तोमार र ललितनारायण राजवंशीले समान १-१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो ।

दोस्रो खेलमा अहिले शरद भेष्वाकरको कप्तानीमा रहेको भैरहवा ग्याडियटर्स र कायल कोट्जरको कप्तानीमा रहेको पोखरा राइनोजबिच प्रतिस्पर्धा भइरहेकाे छ ।

shares