स्पान्योलमाथि बार्सिलोनाको ४–० को जित

काठमाडौं, २३ मंसिर । स्पेनिस ला लिगाकाे बार्सिलोना डर्वी म्याचमा बार्सिलोनाले स्पान्योलमाथि ४–० को जित निकालेको छ ।

जितसँगै बार्सिलोनाले तालिकामा तीन अंकको अग्रता लिएकाे छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथाओस्मान डेम्बेले र लुइस स्वारेजले एक एक गोल गरे । जितसँगै बार्सिलोनाले तालिकामा ३१ अंक बनाएको छ ।

सेभिया भ्यालेन्सियासँग १-१ काे बराबरीमा रोकिँदा बार्सिलोनाले तीन अंकको अग्रता लिएको हो । ५५औं मिनेटमा पाब्लो सारावियाले सेभियालाई अग्रता दिलाए पनि इन्ज्युरी समयमा मुख्टार डियाखाबाईले भ्यालेन्सियाका लागि बराबरी गोल गरे । बराबरीपछि सेभियाले २८ अंक बनाएको छ ।

शनिबार राती नै एट्लेटिको मड्रिडले डिपोर्टिभो एलभेसलाई ३–० ले हराएपछि सेभियासँग अंक बराबरी गरेको छ । गोल अन्तरमा पछि पर्दै एट्लेटिको तेस्रो स्थानमा छ ।

shares