Breaking News

ए डिभिजन लिगमा भोलिदेखि साताैं चरणका खेलहरू हुने, पहिलो खेलमा पुलिस र हिमालयन शेर्पा भिड्दै

काठमाडौं, २१ मंसिर । शहीद स्मारक ए डिभिजन लिगमा शनिबारदेखि साताैं चरणका खेलहरु सुरु हुँदैछन् । पहिलो खेलमा नेपाल पुलिसले हिमालयन शेर्पासँग खेल्नेछ भने अर्को खेल न्यूरोड टिम एनआरटी र संकटा क्लबबीच हुनेछ ।

सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेल बिहान ११ बजेबाट सुरु हुनेछ । दुई खेल हारेको पुलिस शनिबार हिमालयन शेर्पाविरुद्ध तीन अंक बटुल्ने लक्ष्यमा हुनेछ । यता पछिल्ला दुई खेलमा लगातार पराजित हिमालयन शेर्पा पुलिसलाई हराउँदै कमब्याक गर्न चाहन्छ । शेर्पाले ६ खेलमा तीन जित एक बराबरी र दुई हार ब्यहोरेको छ ।

अर्को खेलमा एक खेल पनि नजितेको एनआरटीले प्रतियोगितामा राम्रो लयमा रहेको संकटाविरुद्ध खेल्नेछ । यो खेल दिउँसो साढे २ बजे हुनेछ । संकटाले अहिलेसम्म ६ मध्ये ५ खेलमा जित निकालेको थियो भने आर्मीसँग ५-१ ले पराजित भएको थियो । शनिबार एनआरटीविरुद्ध जित निकाले संकटाले शीर्ष स्थानको मनाङसँग अंक बराबरी गर्नेछ । संकटाको ६ खेलबाट १५ अंक छ भने मनाङको १८ अंक छ ।

shares