Breaking News

निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंमा विवेकशील साझाको प्रदर्शन

काठमाडौं, २१ मंसिर । विवेकशील साझा पार्टीले निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै काठमाण्डौमा प्रदर्शन गरेको छ ।

विवेकशील साझाले आज काठ्माडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा संयोजक रवीन्द्र मिश्रले हत्यारा पत्ता नलाग्नुमा सरकारनै कारक रहेको दावी गरे ।

निर्मलाको हत्या भएको १ सय ३४ दिन पुग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । न्याय माग्दै अभियन्ताहरूले सरकारलाई दबाब दिइरहेका छन् । एक दिन निर्मलाले न्याय पाउने उनीहरूको विश्वास छ ।

निर्मलाको हत्यामा स‌ंलग्न भएको आशंकामा प्रहरीले महेन्द्रनगरका पाँच जना युवालाई पक्रेर अनुसन्धान गरिरहेको छ ।

shares