Breaking News

प्रधानमन्त्रीको ओठे जवाफप्रति प्रजातान्त्रिक विचार समाजको आपत्ति

काठमाडौं, २१ मंसिर । सरकारबारे प्रश्न उठाउँदा प्रधानमन्त्रीबाटै ओठे जवाफ आएको भन्दै प्रजातान्त्रिक विचार समाजले आपत्ति जनाएको छ ।

समाजले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो दुःखद भन्दै अभिव्यक्तिप्रति आपत्ति जनाएकाे हो । प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा केही बुद्धिजीवीले तल्लो स्तरको टिप्पणी गरेको भन्दै आफूले जवाफ दिँदा थला पर्ने जवाफ दिएका थिए ।

सञ्चार माध्यममा बोल्नुअघि वादविवाद गर्न चाहेको हो कि होइन भनेर पनि प्रधानमन्त्रीले प्रश्न गरेका थिए । प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्रीको चेतावनीपूर्ण अभिव्यक्ति लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारविरुद्ध भएको ठहर गरेको छ ।

आपत्तिजनक अभिव्यक्ति फिर्ता लिन र सरकार सबै जनताको अभिभावक भएको सन्देश दिन समाजले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

shares