Breaking News

सर्वाधिक धनराशीको वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी माघ २२ देखि हुने

काठमाडौं, २१ मंसिर । घरेलु बक्सिङकै सर्वाधिक धनराशीको वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी माघ २२ देखि २६ गतेसम्म बसन्तपुर डबलीमा हुने भएको छ ।

प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभाग गरी १० टोलीको सहभागिता रहने आयोजक गणेशमान सिंह फाउण्डेसनले बताएको छ । पाँच दिने चल्ने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

१ सय ४० खेलाडीको सहभागिता रहने प्रतियोगिताको प्रत्येक तौल समूहको विजेताले २५ हजार, उपविजेता १५ हजार तथा सेमीफाइनलमा पुग्नेले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट पुरुष र महिला खेलाडीले एक थान मोटरसाइकल र स्कुटर पाउनेछन् ।

प्रतियोगिताको लागि मंसिर २८ गतेदेखि प्रदेश छनोट गरिने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले बताए ।

shares