Breaking News

चौधौं ढोरपाटन महिला भलिबल प्रतियोगिता माघ ५ देखि १९ गतेसम्म हुने

काठमाडौं, २१ मंसिर । चौधौं ढोरपाटन महिला भलिबल प्रतियोगिता माघ ५ गतेदेखि १९ गतेसम्म हुने भएको छ ।

आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १४ दिन चल्ने प्रतियोगिता ढोरपाटन क्लबको कोर्ट नयाँ बसपार्कमा हुने जानकारी दिएकाे छ ।

डबल लिगका आधारमा हुने प्रतियोगितामा ११ क्लबले भाग लिनेछन् । प्रतियोगिताको विजेताले ३ लाख ५० हजार तथा उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख नगद पाउनेछन् । उकृष्ट खेलाडी, उदयीमान, वर्ष खेलाडी र प्लेयर अफ द सिरिजले एक एक थान स्कुटर पाउनेछन् ।

त्यस्तै एक भाग्यशाली दर्शकले समेत स्कुटर पाउनेछन् । त्यस्तै, बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, र उत्कुष्ट प्रशिक्षकले जनही ६ हजारका दरले पुरस्कार पाउने छन् ।

shares