Breaking News

बुबा र ठूलो बुबाको हत्या गर्ने पक्राउ

कैलाली, २१ मंसिर । कैलालीको लम्की–चुहा नगरपालिकामा छोराले बुबा र ठूलो बुबाको हत्या गरेका छन् ।

लम्की–चुहा ४ बलिया गाँउका जहरीलाल चौधरीले बुबा चक्रा थारु र ठुलो बुबा पल्टु थारुको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । चाैधरीका आमा द्विलबहादी देवी चौधरीकाे टाउको र बायाँ कानमा चोट लागेको छ ।

हत्या गर्ने चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । अाफूलाई नसाेधी श्रीमतीलाई माइत पठाएकाे भन्दै चाैधरीले बुबा र ठूलाे बुबाकाे हत्या गरेका हुन् ।

shares