Breaking News

राजदूत नियुक्तिका सम्बन्धमा पूर्व राजदूतहरूसँग परामर्श

काठमाडौं, २१ मंसिर । संसदीय सुनुवाइ विशेष समितिले राजदूत नियुक्तिका सम्बन्धमा पूर्व राजदूतहरूसँग परामर्श गरेको छ ।

समितिको आजको बैठकमा पूर्व राजदूतहरू पुष्करमानसिंह राजभण्डारी, रामभक्त पीभी ठाकुर, प्रल्हादकुमार प्रसाईं, रुद्रकुमार नेपाल र निरञ्जनमानसिंह बस्नेतले राजदूतलेआर्थिक कुटनीतिलाई विशेष प्राथमिकतामा राख्नुपर्ने र राजनीतिक समझदारी बढाउनुपर्ने सुझाव दिए ।

राजदूतले मुलुकको हितलाई सर्वोपरी ठानेर काम गर्नुपर्नेमा उनीहरूको जोड छ । साथै राजदूतको पद सम्हाल्नुअघि अन्तर्राष्ट्रिय कानून र कुटनीतिका बारेमा जानकारी लिनुपर्ने र राजनीतिक समझदारी बढाउनुपर्ने लगायतका विषयमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।

अाजै सुनुवाई समितिले प्रस्तावित राजदूतका सम्बन्धमा सुझावको रूपमा उजुरी दिने अधिवक्ता शतिशराज मैनालीसँग पनि छलफल गरेको थियो । मैनालीले राजदूतका नियुक्तिका सम्बन्धमा उमेर हद, अनुभव, पदावधि र समावेशीताका विषयमा समितिको ध्यानाकर्षण गराएका थिए ।

shares