Breaking News

काठमाडौंको रातोपुलमा प्रहरीले गोली चलायो

काठमाडौं, २१ मंसिर । डकैती मुद्दामा फरार अभियुक्त पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैतीसम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई गोली प्रहार गरी काठमाडौंको रातोपुलबाट पक्राउ गरेको हो । लिम्बुको खुट्टामा गोली लागेको छ ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाएको प्रहरीको दाबी छ । लिम्बुको साथबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

महाशाखाका अनुसार लिम्बुले पछिल्लो समय इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरका सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरी ३ लाख रुपैयाँ लुटेका थिए । ६ वटा घटनामा संलग्न भई फरार रहेका लिम्बु प्रहरीको वान्टेड सूचीमा थिए ।

लिम्बुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

shares