Breaking News

कानून बनाएर भूमि व्यावस्थापनको समस्या समाधान गरिने

काठमाडौं, २१ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भूमि व्यावस्थापन जटिल समस्या रहेकाले कानून बनाएर त्यसको समाधान गर्ने बताएकी छन् ।

काठमाडौंमा अाज भएकाे साक्षात्कार कार्यक्रममा उनले २०२२ सालदेखि यताका नापी भएको जग्गामा समस्या अएकाले त्यसको समस्या हल गर्न त्यस्ता जग्गाहरू पुन: नापी गर्न फाइल अध्ययन भैरहेको बताइन् ।

मन्त्री अर्यालले नेपालमा सुकुम्बासीहरूको समस्या पनि जटिल भएकाले सँधैका लागि यो समस्या समाधान गर्ने शक्तिशाली आयोग बनाउन लागेको जानकारी दिइन् । यसै वर्ष मुक्त हलिया र कमैयाको पुन:स्थापना गरिछाड्ने गरी काम भैरहेको पनि उनकाे दाबी छ ।

shares