Breaking News

समृद्धि, विकास, सुशासन र सामाजिक न्यायको पक्षमा कलम चलाउनुहोस्: अर्थमन्त्री

काठमाडौं, २१ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको समृद्धि, विकास, सुशासन र सामाजिक न्यायको पक्षमा कलम चलाउन संचारकर्मीहरूलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले मुलुकमा आर्थिक अनुशासन कायम राख्ने वातावरण बनाउन संचारकर्मीहरूले पनि ध्यान केन्द्रित गर्नुपर्ने स्पष्ट पारे । नेपाली संचार क्षेत्र पछिल्लो समय जवाफदेही नदेखिएको भन्दै अर्थमन्त्री खतिवडाले असन्तुष्टि पनि व्यक्त गरे ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को चौंथो महासभालाई सम्बोधन गर्दै उनले संचार क्षेत्रलाई जथाभावी कलम चलाउने छुट नरहेको दाबीसमेत गरे ।

अर्थमन्त्री खतिवडाले स्वच्छ पत्रकारिता पत्रकारहरूको धर्म भएको उल्लेख गर्दै त्यसका लागि सरकार आवश्यक सहयोग गर्न पनि प्रतिबद्ध रहेको बताए ।

shares