Breaking News

स्वदेशी लगानीकर्ता ढुक्क नभएसम्म विदेशी लगानी अाउन सक्दैन: प्रचण्ड

भैरहवा, २० मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी लगानीकर्ता ढुक्क नभएसम्म विदेशी लगानी अाउन नसक्ने बताएका छन् । भैरहवामा अाज सातौं लुम्बिनी राष्ट्रिय महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले लगानीका लागि नेपालमा समस्या रहेकाे बताए ।

अध्यक्ष प्रचण्डले आगामी ४ वर्षमा मुलुकमा समृद्धि र खुसी ल्याउने दाबीसमेत गरे । अघिल्लाे दिन प्रदेश ५ काे राजधानी तिलाैराकाेट बनाउन सहमति जनाएका प्रचण्डले अाज बाेली फेरे । उनले १० वर्षसम्म अस्थायी राजधानी नै कायम राख्ने अाफ्नाे पार्टीकाे मनसाय रहेकाे बताए । प्रदेशको नाम भने लुम्बिनी नै हुने उनकाे भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण प्रदेशकाे राजधानीबारे जे पायो त्यो नबोल्न ठुला नेतालाई सुझाव दिए । राप्रपाका वरिष्ठ उपाध्यक्ष दिपक बोहराले जनतामा दुईतिहाईको त्रास फैलिएको दाबी गरे ।

shares