Breaking News

इन्डोनेसियाको पपुआ प्रान्तमा १६ जनाको शव भेटियो

जाकार्ता, २१ मंसिर । इन्डोनेसियाको पपुआ प्रान्तमा १६ जनाको शव भेटिएको छ ।

पहाडी तथा दुर्गम क्षेत्र डुगा जिल्लामा पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले निर्माण मजदुरहरूकाे हत्या गराएको हुनसक्ने सरकारी अधिकारीहरूकाे अनुमान छ ।

मृतकको शरीरका विभिन्न भागमा गोली लागि बनेका घाउ भेटिएका र केही व्यक्तिको घाँटी रेटी हत्या गरिएको हुनसक्ने शङ्कामा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले भने ३१ जनाको शव भेटिएको समाचार संप्रेषण गरेका छन् ।

shares