Breaking News

रियल मड्रिड कोपा डेल रे को प्रि-क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, २१ मंसिर । रियल मड्रिड स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे को प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा गएराति भएको दोस्रो लेगको खेलमा तेस्रो डिभिजनको क्लब मेलीलालाई ६–१ गोलले पराजित गर्दै रियल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेग ४–० ले जितेको रियलले समग्रमा खेल १०–१ ले जितेको हो । रियलको जितमा मार्को एसेन्सीयोले र इस्कोले २-२ तथा भिनियस जुनियर र हाभियर सान्चेजले १-१ गोल गरे ।

गएराति नै भएको अर्को खेलमा रियल बेटिसले रेसिङ दा सान्टेन्डरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । पहिलो लेग १–० ले जितेको रियल बेटिसले समग्रमा ५–० ले खेल जित्दै प्रिक्वाटरमा स्थान पक्का गरेको हो ।

यसैगरी अन्य खेलमा स्पाेटिङ इयोनले आइबारलाई, लेभान्तेले लुगोलाई र एट्लेटिको बिल्बाओले हुयस्कालाई पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरेका छन् ।

shares