Breaking News

अाज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा विविध कार्यक्रम गरी मनाईंदै

काठमाडौं, २१ मंसिर । अाज डिसेम्बर ७ तारिख, अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा विविध कार्यक्रम गरी मनाईंदैछ ।

हवाई यातायातलाई बढी सुरक्षित, भरपर्दो र नियमित बनाउने अभियानका साथ मनाइने दिवसकाे अवसरमा प्रभातफेरी, अन्तर्क्रियालगायतका कार्यक्रम राखिएकाे छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले डिसेम्बर ७ तारिखलाई आफ्ना सदस्य राष्ट्रमा यो दिवस मनाउन आह्वान गरेअनुरूप नेपालमा पनि सन् १९९४ देखि यो दिवस मनाउन लागिएको हो ।

नेपालजस्तो भूपरिवेष्टित देशको आर्थिक तथा सामाजिक विकासका लागि हवाई यातायात महत्वपूर्ण भए पनि यसकाे विकास र विस्तार सन्ताेषजनक हुन सकेकाे छैन ।

shares