Breaking News

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अाज पनि बस्दै

ललितपुर, २१ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अाज पनि बस्दैछ । केन्द्रीय कार्यालय, सानेपामा बिहान ११ बजे बस्ने अाजकाे बैठकमा पनि विधान संशोधन मस्यौदामा नेताहरूले धारणाा राख्नेछन् ।

हिजाेकाे बैठकमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह के.सी., दिलबहादुर घर्ती, डा. मिनेन्द्र रिजाल, शंकर भण्डारी, जीवन परियार, सुजाता परियार, बीरबहादुर बलायर, प्रवक्ता विश्वप्रकाश शर्मा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले आ–आफ्नो धारणा राखेका थिए ।

मंसिर ९ गते शुरु भएकाे कांग्रेस बैठक अझै केही दिन चल्ने प्रवक्ता शर्माले जानकारी दिए ।

shares