Breaking News

ठूलै नेताहरू आरोप प्रत्यारोपमा उत्रिएपछि धर्मको विषय थप पेचिलो बन्दै

काठमाडौं, २० मंसिर । काठमाण्डौमा यूनिभर्सल पिस फेडेरेशनको कार्यक्रमबीच धर्मको विवाद बढ्दै गएको छ । र, यसमा ठूलै नेताहरू आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री कमल थापा सामाजिक सञ्जालमै एक अर्काको आलोचनामा उत्रिएका छन् । पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले हिन्दु राज्यका लागि आन्दोलन गर्ने राप्रपाको तयारीप्रति ट्वीटमार्फत आपत्ति जनाउँदै धर्मलाई राजनीतिको विषय नबनाउन चेतावनी दिएका छन् ।

भट्टराईको चेतावनीमा पूर्व उपप्रधानमन्त्री कमल थापाको कडा आपत्ति छ । थापाले भट्टराईमाथि जनभावना विपरीत विदेशीको दबाब र प्रभावमा धर्मनिरपेक्षता लादेकाे आरोप लगाएका छन् । ठूलै नेताको यो आरोप प्रत्यारोपले धर्मको विषय थप पेचिलो बन्ने संकेत देखिएको छ ।

shares