Breaking News

निजी क्षेत्रमा लगाइएको केही कठोर प्रतिबन्ध हटाउने क्युबाको घोषणा

हवाना, २० मंसिर । क्युबाले निजी क्षेत्रमा लगाइएको केही कठोर प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।

उद्यमीहरूमाझ निकै चासोको विषय रहेको सो प्रतिबन्ध हटाउने क्युबाको सरकारले घोषणा गरेको हो । राष्ट्रिय टेलिभिजनमा बुधबार बोल्दै क्युबाका श्रममन्त्री मार्गारिटा गोमेजले शुक्रबारदेखि लागू हुन लागेका २० वटा नयाँ कानूनले उद्यमी एवं व्यवसायीहरूलाई असहजता निम्त्याउने सरकारले ठहर गरेकोले त्यसलाई संशोधन गरिने बताए ।

एक व्यक्तिलाई एक ठाउँमा एउटा मात्र बिजनेस लाइसेन्स प्रदान गरिने भन्ने नियम सबैभन्दा बढी विवादास्पद देखिएको छ । जसलाई पुनरावलोकन गरिने भएको छ । त्यसैगरी, प्रत्येक व्यवसायीको बैंक खाता हुनुपर्ने नियम पनि हाललाई लागू नगरिने जनाएको छ ।

क्युबाले चीन र भियतनाममा जस्तै अर्थतन्त्रको विकास गर्न खोजिरहेको भएतापनि निजी क्षेत्रलाई सम्पत्ति अार्जन गर्ने प्रचलनले धनी र गरिबबीचको खाडल झन् गहिरिंदै जाने कारण देखाउँदै सीमित अधिकार मात्र दिंदै अाएको छ ।
shares